आजबाट फिल्म छ माया छपक्कै दोश्रो सातामा प्रवेश गरेको छ । दोश्रो सातामा प्रवेश गर्दा पनि सिनेमालाई लिएर दर्शकको चाप उस्तै छ । अहिले यो फिल्मको टिम राजधानी बाहिर दर्शकलाई धन्यवाद दिन पुगेको छ ।

फिल्म छ माया छपक्कैले एक सातामा बम्पर कमाई गरेको छ । निर्माता रोहित अधिकारीले दिएको जानकारी अनुसार, फिल्मको व्यापार राजधानी र मोफसलमा उस्तै छ । यसपटक मोसफलको योगदान अझै उच्च छ ।

फिल्म राजधानी बाहिर मात्र ४ करोडको ग्रस कलेक्शन गरेको छ । राजधानीमा पनि फिल्मको ग्रस कलेक्शन ४ करोडकै हारहारीमा छ । एक सातामा फिल्मले ८ करोडको ग्रस कलेक्शन गरेको निर्माता रोहित बताउँछन् ।

For More videos Log on to Mazzako TV