अभिनेत्री पूजा शर्मा अभिनित फिल्म पोई पर्यो काले कात्तिकको ८ गतेबाट रिलिज हुँदैछ । यो फिल्ममा पूजाको श्रीमान् सौगात मल्ल वा आकाश श्रेष्ठमध्ये को हुन्छन् भन्ने पक्का छैन । यसका लागि त दर्शकले फिल्म नै हेर्नुपर्छ । तर, पूजा भने फिल्मलाई दर्शकले कसरी लिने हुन् भन्नेमा उत्साहित छिन् ।

तर, उनलाई डर पनि लागिरहेको छ । फिल्ममा पूजालाई चुलबुले भूमिकामा मात्र प्रस्तुत गरिएको छैन । उनलाई फिल्ममा दर्शकले फिल्मको पहिलो हाफसम्म त नेगेटीभ भूमिकामा नै देख्नेछन् । यसैले पनि उनी डराएकी छिन् । दर्शकले नराम्रो पो सोच्नुहुन्छ कि भन्ने उनलाई लागेको छ ।

तर, पूजा फिल्मको कथावस्तुले दर्शकलाई छुने बताउँछिन् । सुरुमा अनुहार हेरेपनि मानिसको मन नै ठूलो कुरा भएको सन्देश फिल्मले दिने उनी बताउँछिन् ।

For More videos Log on to Mazzako TV