फिल्म ए मेरो हजुर ३ को प्रदर्शन ओमानमा हुने भएको छ । निर्देशक झरना थापाका अनुसार, फिल्मको शो अक्टुबर १८ मा ओमानमा हुन लागेको हो । ओमानको लुनार सिनेमा, एल क्यूरममा यो फिल्मको शो हुन लागेको हो ।

फिल्मको विश्वका विभिन्न देशमा शो भैसकेको छ । झरना थापा निर्देशित फिल्मको ओमान शोका लागि निर्देशक थापा, अभिनेत्री सुहाना थापा र निर्माता सुनिलकुमार थापा ओमान पुग्दैछन् । दर्शकमाझ बसेर फिल्म हेर्न अभिनेत्री थापा अमेरिकाबाट ओमान पुग्न लागेकी हुन् ।

अनमोल केसी, सुहाना थापा लगायतका कलाकारको मुख्य भूमिका रहेको फिल्म ए मेरो हजुर ३ ले नेपालमा ब्लकबस्टरको व्यापार गरेको थियो ।

For More videos Log on to Mazzako TV