नेपाली फिल्मले महिलालाई लीड भूमिकामा राखेर द्धन्द्धात्मक फिल्म बनाउन सकेको छैन । अभिनेत्री रेखा थापाको फिल्ममा यस्ता दृश्य देख्न पाइन्थ्यो । तर, अहिलेका अभिनेत्रीहरु यस्ता खालका अफर नआएर पनि यस्तो भूमिका गर्न बन्चित छन् ।

नव अभिनेत्री सुमी मोक्तानले अभिनय गरेको फिल्म सरौतोको ट्रेलर सार्वजनिक भएको छ । यो फिल्मको ट्रेलरमा सुमीको द्धन्द्धले अरु अभिनेत्रीलाई पनि डाहा लाग्न सक्छ । कात्तिक २२ गतेबाट रिलिज हुने फिल्मका लागि सुमीले मेहेनत गरेकी छिन् ।

उनलाई द्धन्द्ध निर्देशक शंकर महर्जनले फरक फरक किसिमका द्धन्द्धको कोरियोग्राफी गरेका छन् । जसलाई उनले निर्वाहा गरेकी पनि छिन् । यो फिल्मले सुमीलाई एक्सन अभिनेत्रीको रुपमा अगाडि ल्याउन संभावना बलियो छ । हरि हुमागाँइ फिल्मका निर्देशक हुन् ।

For More videos Log on to Mazzako TV