यहि कात्र्तिक २२ गतेबाट प्रदर्शनमा आउँने फिल्म ‘सरौतो’ को ट्रेलर रिलिज भएको छ । मंगलबार राजधानीमा कार्यक्रम गर्दै हरी हुमागाईं निर्देशित फिल्मको एक्सन प्रदान ट्रेलर सार्वजनिक गरियो । कार्यक्रममा खानेपानी मन्त्री बिना मगर प्रमुख अतिथिको रुपमा उपस्थित भएकी थिइन् ।

फिल्ममा सुमी मोक्तानको मुख्य भूमिका छ । उनि सुन्न र बोल्न नसक्ने चरित्रमा देखा परेकी छन् । फिल्ममा विजय लामा, युवराज लामा, सन्नी सिंह, आमिर गौतम, लियो ट्यांक, सम्पदा दाहाल, धिरेन शाक्य, अरुणा कार्कीलगायतका कलाकारको पनि अभिनय छ ।

राघव कृष्ण गौतमको कथा, पटकथा, संवादमा तयार फिल्ममा उत्तम हुमागाईंको छायाँकन, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको एक्सन र राजनराज सिवाकोटी, पुष्पन प्रधान, कमल खत्रीको संगीत छ । शृजना जोशी महर्जन कार्यकारी निर्माता रहेको फिल्ममा लक्ष्मीकुमारी तामाङको लगानी छ । भने, सह–निर्मातामा श्री महर्जन छन् ।

For More videos Log on to Mazzako TV