अभिनेत्री स्वस्तिमा खड्काले बच्चाको योजना तत्काल नभएको आशयको कुरा गरेकी छिन् । अहिले स्वस्तिमाको करिअर बल्दो अवस्थामा छ । अभिनेता निश्चल बस्नेत पनि चम्किएका छन् । यसैले पनि यी दुइले तत्काल बच्चा जन्माउने योजना नबनाएको वुझ्न सकिन्छ ।

फिल्म घामड शेरेको कार्यक्रममा स्वस्तिमाले यो कुरा खोलेकी हुन् । उनले भनिन्, हाम्रो डमरु ढिलो आउँछ तर कडा आउँछ ।

निश्चललाई फिल्मको शिर्षक अनुसार, डमरु कहिले आउँछ भनेर सोधिएको थियो । जसको जवाफ निश्चलले नदिएर स्वस्तिमाले दिएकी हुन् । स्वस्तिमाको यो कुराले पनि बच्चा जन्माउने योजना तत्काल नरहेको वुझ्न सकिन्छ ।

For More videos Log on to Mazzako TV