Rekha Thapa new‘काली’ नायिका रेखा थापाले पुर्वपति छवि ओझा बिरुद्व सामाजिक सञ्जाल फेसबुकमा आफ्नो आक्रोश पोखेकी छिन् । छविसँग कसरी १० बर्ष बिताएछु भनि उनले पछुतो मानेकी छिन् । उनले छविराज ओझालाई आफ्नो बारेमा बाईयात कुरा बोल्दै नहिडन र आफु सँग ब्यबसायिक प्रतिस्पर्धा गर्न चुनौती दिएकी छिन् ।

शुरुवाती सम्बन्ध निकै राम्रो भएपनि केही महिनायता रेखा छविबीच पानी बाराबारको सम्बन्ध छ । कुनै सार्वजनिक कार्यक्रममा अचानक भेट भईहाले पनि उनीहरु एक अर्काको सामुन्ने पर्न समेत चाहान्न । तर फेसबुकमा र पत्रकारहरुसँग भने उनीहरु एक अर्काको बारेमा प्रतिक्रिया दिई रहेका छन् ।

नायिका रेखा थापाले फेसबुक मार्फत छविलाई दिएको खुल्ला सुझाबमा ‘त’ भनेर सम्बोधन गरेकी छिन् । नायिका रेखाले आफुलाई कोब्रासँग तुलना गरेकी छिन् । उनले लेखेकी छिन् ‘सुतिरहेको कोब्रालाई घरि घरि जिस्काई नराख, डस्ला कुनै दिन ।’
छविलाई गाली गर्दै उनले फेसबुकमा लेखेको स्टाटस तपाई आफै पढ्न सक्नुहुन्छ । अब हेर्न बाँकी यो छ उनीहरुको यो सम्बन्ध कसरी अगाडी बढ्ने हो ।

Rekha Thapa

For More videos Log on to Mazzako TV