निर्देशक प्रदिप भट्टराई र हाँस्य कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यविच सहकार्य हुने भएको छ । प्रदिपले मह संचारको ब्यानरमा बनेको फिल्म शत्रु गते निर्देशन गरेका थिए । यसपटक उनले निर्देशन गर्न लागेको फिल्मको नाम तय गरिएको छैन ।

फिल्मलाई षट्कोण पिक्चर्सले निर्माण गर्नेछ । फिल्मको प्रदर्शन मिति आउँदो बर्षको कात्तिक ७ गतेलाई तय गरिएको छ । फिल्मको बारेमा अरु केही पनि खुलाइएको छैन । शत्रु गते हिट भएपछि प्रदिपले जात्रै जात्रा निर्देशन गरेका थिए भने मह जोडीले दाल भात तरकारी निर्माण गरेका थिए ।

प्रदिप र मह जोडीको सहकार्यले फेरि एकपटक हिट फिल्म फिल्म क्षेत्रमा आउनेमा फिल्मीकर्मी नै विश्वस्त देखिएका छन् ।

For More videos Log on to Mazzako TV