फागुण ९ गतेलाई प्रदर्शन मिति तय गरेको फिल्म आमाको फस्टलुक रिलिज भएको छ । फिल्मको फस्ट लुकमा अभिनेत्री सुरक्षा पन्तलाई कपाल मुन्डन गरेको देख्न सकिन्छ । यो फिल्मले समाजमा नयाँ खालको क्रान्ती ल्याउने अपेक्षा गर्न सकिन्छ ।

दीपेन्द्र के खनालको निर्देशनमा तयार भएको यो फिल्ममा सुरक्षा पन्त र मिथिला शर्माको मुख्य भूमिका छ । मिथिला फिल्ममा शिर्ष भूमिकामा छिन् भने सुरक्षा छोरीको भूमिकामा छिन् । डीएस डिजिटलको ब्यानरमा निर्माण भएको फिल्मलाई शर्मिला पाण्डेले निर्देशन गरेकी हुन् ।

फिल्म आमाले दर्शकको मन छुने विश्वास निर्देशक दीपेन्द्र के खनालको छ ।

For More videos Log on to Mazzako TV