यो बर्षको दशैंमा देशकै सबैभन्दा ठूलो फिल्म निर्माण कम्पनी बनेको आमा सरस्वती मुभिजको फिल्म रिलिज नहुने पक्का छ । किनकी, छ माया छपक्कै यसपटक दशैंको टिकापछि मात्र रिलिज हुँदैछ । यसैले पनि यसपटक दिपकराज गिरी, दीपाश्री निरौलाले बनाएको फिल्म दर्शकले दशैंमा मिस गर्दैछन् ।

तर, दशैंमा रमाएर टिकापछि फिल्म हेर्न जाने मनस्थिती पनि दर्शकले बनाएको हुनुपर्छ । तर, दर्शकले मात्र होइन यो मिति दिपकराज गिरी र उनको टिमले पनि मिस गरिरहेको छ । सधै दशैंमा फिल्म रिलिज गर्दै आएको यो टिमले यसपटक नगर्दा मिस गर्ने नै भयो । सहयोगी निर्देशकको रुपमा रहेकी दीपाश्री निरौलाले पनि यसपटक आफूले दशैं मिस गर्ने बताइन् ।

तर, दर्शकलाई यसपटक फिल्म हेर्न जाने दुख दशैंमा नदिएर टिका सकिएपछि दिएको उनको भनाई छ । यसपटक छ माया छपक्कै लिएर दिपकराज र उनको टिम असोज २४ मा हलमा आउँदैछ ।

For More videos Log on to Mazzako TV