असोजको २४ गतेबाट रिलिज हुन लागेको फिल्म छ माया छपक्कै चर्चामा छ । हल संचालकहरुले पनि यो बर्षको दशैंमा ठूलो र आशातित नेपाली फिल्म नभएपछि छ माया छपक्कै दशैंको बिदामा चलाउन आग्रह गरिरहेका छन् । तर, अब यो संभव भने छैन । तर, फिल्म छ माया छपक्कै अभिनेत्री केकी अधिकारीका लागि भने महत्वपूर्ण मानिएको छ ।

किनकी, केकीको आजसम्म कुनै पनि फिल्मले लगानी उठाएका छैनन् । यसैले पनि केकी आफ्नो करिअरकै सबैभन्दा महत्वपूर्ण सिनेमा हुनेमा विश्वस्त छिन् । केकीका अनुसार, यो फिल्मका लागि अफर आउँदा उनले केही महिना यो खुशी लुकाउनु परेको थियो । कलाकार तथा निर्माता दिपकराज गिरीले फिल्मका लागि केकीलाई अफर गरेपनि अरु कसैलाई नभन्न आग्रह गरेका थिए ।

यही कारणले पनि केकीले यो टिमसँग काम गर्ने सपना पुरा भएको खुशी केही महिनापछि मात्र साटेकी थिइन् । यो टिमसँग काम गर्दा एउटा निर्माता फिल्मका लागि कती गम्भिर हुन्छ भन्ने आफूले वुझेको उनले बताएकी छिन् ।

For More videos Log on to Mazzako TV