विशेषगरि, विदेशी बजारलाई हेर्दा कलाकारको अनुहार भन्दा पनि कथावस्तु बढी चलेका छन् । केही बर्ष अघिसम्म अभिनेता दयाहाङ राई, सौगात मल्लको बजार राम्रो थियो । तर, उनीहरुले कमजोर सिनेमामा काम गर्दा क्रेज घटेको छ । तर, यो बर्ष फिल्म जात्रै जात्राले अष्ट्रेलियामा बम्पर कमाई गरेको थियो ।

बिदेशी बजारमा राम्रो कथा छान्न सक्ने भएकाले अभिनेता विपिन कार्कीको क्रेज बढेको छ । यही भएर पनि छायांकनमै रहेको समयमा फिल्म सेल्फी किङलाई अष्ट्रेलियामा महंगो रकममा किनिएको छ । यो फिल्मलाई ३५ लाखमा किनिएको निर्माता सुभाष थापाले जानकारी दिएका छन् । विशाल सापकोटाले निर्देशन गरिरहेको फिल्ममा सुभाष र दिनेश राउतको लगानी छ ।

विपिनले राम्रो कथामा काम गर्छन् भन्ने उनको फिल्मले पुष्टी गरिसकेका छन् । यही भएर नै उनको काम विदेशमा पनि बढेको हुनुपर्छ ।

For More videos Log on to Mazzako TV