अभिनेता प्रदिप खड्कालाई दर्शकले चकलेटी भूमिकामा देखिरहेका छन् । फिल्ममा लभरब्वाइको भूमिकामा देखिएका अभिनेता खड्का नयाँ फिल्म प्रेमगीत ३ को तयारीमा छन् । यो फिल्मको छायांकन तिहारपछि सुरु हुनेछ ।

तर, प्रदिपले प्रेमगीत २ फिल्मका निर्देशक रामशरण पाठकको नयाँ फिल्ममा पनि काम गर्ने तयारी गरेका छन् । यो फिल्मको अहिले कथामा काम भैरहेको छ । फिल्मका लागि प्रदिपले मौखिक सहमती दिएका छन् । प्रदिप फिल्म प्रेमगीत ३ पछि निर्देशक हेमराज वीसीले निर्देशन गर्ने नयाँ फिल्ममा काम गर्दैछन् ।

यसपछि उनले रामशरणको फिल्मका लागि समय दिने बताइएको छ । प्रदिपले फिल्मको पर्दामा पूर्ण रुपमा कमेडी भूमिका गरेका छैनन् ।

For More videos Log on to Mazzako TV