असोज २४ गतेबाट रिलिजमा आउन लागेको फिल्म छ माया छपक्कैलाई असोज १७ मै रिलिज गर्न हल व्यवासायीहरुले आग्रह गरेका छन् । यसपटकको दशैंमा आशालाग्दो नेपाली फिल्म नै नभएपछि हल संचालकहरुले निर्माण टिमलाई यो आग्रह गरेका हुन् ।

असोजको १५ गते हिन्दी फिल्म वार रिलिज हुने भएपनि सबै हललाई यो फिल्मले धान्न सक्दैन । यसैले पनि नेपाली राम्रो फिल्म दशैंमा गज्जबले चल्छ । निर्माता दिपकराज गिरीले पनि फिल्म रिलिज गर्नका लागि आग्रह गरिएको बताएका छन् ।

तर, फिल्म तयार नै नभएकाले र प्रचार पनि असोज २४ कै लागि प्रचार गरिएकाले पनि संभव देखिदैन । दिपेन्द्र लामाको निर्देशनमा तयार भएको यो फिल्मको माग अहिले बढेको छ ।

For More videos Log on to Mazzako TV