यसपटकको दशैंमा नेपाली फिल्म सुख्खा हुने भएको छ । असोज ३ मै चलेका कबड्डीको तेश्रो पाटो तेश्रो हप्तासम्म आइपुग्दा पहिलो हप्ता जस्तो जर्बजस्त नुहने पक्का छ । असोज १० गतेबाट रिलिज भएको फिल्म रातो टिका निधारमा पनि दोश्रो हप्तामा प्रवेश गरेको हुनेछ ।

यस्तो अवस्थामा हलमा हिन्दी फिल्म वारको दबदबा हुने भएको छ । हलवालाहरुले वारकै कारण मंगलबारसम्म मात्र कबड्डी ३ र रातो टिका निधारमाको शो पक्का गरेका छन् । गतबर्षको दशैंमा दीपकराज गिरीको टिमको फिल्म आएपनि यो बर्ष टिका सकिएपछि मात्र छ माया छपक्कै रिलिज हुँदैछ । यसैले, वारले मल्टिप्लेक्समा राम्रो व्यापार गरेपनि सिंगल हलका लागि नेपाली फिल्म नै चाहिन्छ ।

तर, यसपटक सिंगल हलहरुका ठूलो नेपाली फिल्म नहुने भएको छ । यसअर्थमा, दशैंको बिदामा मारामार दर्शक हुने सिंगल हलले यसपटक अपेक्षित पैसा नकमाउने भएका छन् ।

For More videos Log on to Mazzako TV