यहि कार्तिक २२ गते रिलिज हुने फिल्म ‘सरौतो’ को दोस्रो गीत सार्वजनिक भएको छ । शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ‘केहि आधा’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक उक्त गीतमा सुमी मोक्तान र सन्नी सिंह प्रस्तुत छन् । यसअघि सार्वजनिक फिल्मको ‘कुले दाई’ बोलको गीत र टिजरबाट मज्जाको प्रतिक्रिया पाइरहेको छ ।

सार्वजनिक ‘केहि आधा’ बोलको गीतमा पुष्पन प्रधानको शब्द, संगीत र स्वर रहेको छ । गीतलाई रिकेश गुरुङले एरेन्ज गरेका हुन् भने यसमा कोरियोग्राफी र छायाँकन पनि निर्देशक हरी हुमागाईंकै रहेको छ । फिल्ममा सुमी र सन्नीसँगै लियो ट्यांक, विजय लामा, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरुणा कार्की लगायतको अभिनय रहेको छ ।

सिनेम्याटोग्राफीमा बलियो नाम हरी हुमागाईंको डेब्यु निर्देशन रहेको फिल्ममा रिभेन्जको कथा देखाइएको छ । बिराञ्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन , राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्मलाइ रिभेन्ज स्टोरी भनिएको छ । फिल्ममा राघव कृष्ण गौतमको लेखन, उत्तम हुमागाईको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ ।

For More videos Log on to Mazzako TV