निर्माता तथा निर्देशक अशोक शर्माले अल्लारे २ बनाउने भएका छन् । उनले निर्देशन गरेको फिल्म रातो टिका निधारमा आजबाट रिलिज भएको छ । यो फिल्मको अन्त्यमा अल्लारे २ निर्माणको घोषणा गरिएको छ । फिल्मको प्रदर्शन मिति समेत तय भैसकेको छ ।

फिल्मलाई आउँदो बर्षको दशैंमा रिलिज गर्ने तयारी गरिएको छ । फिल्मलाई अशोककी छोरी कृती शर्माले निर्देशन गर्ने बताइएको छ । अल्लारे फिल्ममा अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धर मुख्य भूमिकामा थिए ।

तर, यो फिल्ममा को कलाकार हुने फाइनल गरिएको छैन । अशोकका छोरा अंकित शर्माले रातो टिका निधारमामा हिरोको रुपमा डेब्यू गरेका थिए । अब, छोरीले निर्देशकको रुपमा डेब्यू गर्न लागेकी छिन् ।

For More videos Log on to Mazzako TV