नेपाल आइडलकी अस्मिता अधिकारीको स्वरमा नयाँ गजल ‘त्यो जुनेली रात’ बोलको भिडियो सार्वजनिक भएको छ । सुरेश वाग्लेका प्रेमिल शब्द, रहेको उक्त गजलमा अर्जुन पोखरेलको संगीत छ । ‘त्यो जुनेली रात’ का एरेन्जर गोपाल रसाइली हुन् ।

भिडियोमा गायिका अस्मिता अधिकारीसंगै कलाकार पुस्कर कार्की प्रस्तुत छन् । निकेश खड्का निर्देशित भिडियोमा अस्मिता र पुस्करको केमेष्ट्रि समेत मज्जाको देखिएको छ । बुद्ध थापाले खिचेको भिडियोलाई बिकाश धमलाको सम्पादन गरेका छन् ।

For More videos Log on to Mazzako TV