कसरी प्रियंकाको मन तोडियो ?, आफै हेरौ उनको नयाँ भिडियो ।
बलिउड नायिका प्रियंका चोपडा उनको इन्टरनेश्नल एल्बम ‘एक्जोटिक’ बाट विश्वसामु आफ्नो गायन क्षमतालाई प्रस्तुत गरिसकेकी छिन् । यतिबेला पुन उनी नयाँ म्युजिक भिडियोका कारण चर्चामा रहेकी छिन् । ‘आई क्यान्ट मेक यु लभ मी’ बोलको उनको नयाँ गीत भर्खरै न्युयोर्कबाट सार्वजनिक गरिएको छ ।
एल्बम सार्वजनिक पछि भिडियोलाई युट्युबमा राखिएको छ । सदा झै यसपाली पनि उनी भिडियोमा निकै हट अवतारमा प्रस्तुत भएकी छिन् । उनी नयाँ गीति भिडियोलाई लिएर निकै उत्साहित भईरहेकी छिन् । भिडियोमा उनले गरेकी प्रस्तुतीलाई लिएर उनको तुलना माइली साईरससँग पनि हुन थालेको छ । सेन्टिमेन्टल लभ सिनको यस भिडियोमा उनले गरेको अभिनयको यतिबेला विश्वले नै प्रसंशा गरिरहेको छ ।
नायिका प्रियंका चोपडाको नयाँ गीत ‘आई क्यान्ट मेक यु लभ मी’ को भिडियो यस्तो छ ।
For More videos Log on to Mazzako TV