कात्तिकको ८ गतेबाट रिलिज हुन लागेको फिल्म पोई पर्यो काले चर्चामा छ । शिशिर रानाको निर्देशनमा बनेको यो फिल्ममा पूजा शर्मा, सौगात मल्ल, आकाश श्रेष्ठ, श्रृष्टी श्रेष्ठ, सोहित मानन्धर मुख्य भूमिकामा छन् । यो फिल्मको एउटा पोष्टर सार्वजनिक भएको छ ।

तर, यो पोष्टरले दर्शकलाई कन्फयूज बनाउँछ । पोष्टरमा सौगातले आफ्नी रियल प्रेमिका श्रृष्टी श्रेष्ठको हात समातेका छन् भने, पूजाले अभिनेता आकाश श्रेष्ठको हात समातेका छन् । फिल्ममा को कसको जोडी भन्ने अझै खुलेको छैन । यस्तो अवस्थामा सार्वजनिक भएको पोष्टरले दर्शकलाई अझै दोधारमा राख्नेछ ।

कमेडी कथामा बनेको यो फिल्मले दर्शकलाई फरक कथामा हसाउनेछ । किरण नेपाली फिल्मका प्रस्तुतकर्ता हुन् ।

For More videos Log on to Mazzako TV