अभिनेता अनमोल केसीले एकाएक फिल्म धुपौरेमा काम गर्ने फाइनल गरेसँगै फिल्म क्षेत्रमा विभिन्न खालका प्रतिक्रियाहरु आइरहेका छन् । अनमोलले यो फिल्म किन खेल्ने निर्णय गरे भन्ने चर्चा पनि छ ? अभिनेता केसीले भने आफूले गर्न लागेको भूमिका चुनौतीपूर्ण भएको बताएका छन् ।

लभ स्टोरी फिल्ममा देखिदै आएका अभिनेता केसीले यसपटक उनको अनुहार भन्दा पनि अभिनय देखाउने स्थान पाएका छन् । साम्तेन भुटियासँग धेरै कुरा सिक्ने उनको विश्वास छ । धुपौरेको अर्थ जुवाडे भन्ने हुन्छ । यसपटक अनमोल जुवाडे बन्न लागेका छन् । उनले, फिल्मका लागि आफूले तास पनि सिकिरहेको बताएका छन् ।

अभिनेता केसीले तास फिट्नदेखि घुमाउन सिकिरिहेका छन् । उनले, यसपटक भूमिका फरक रहेको र यो भूमिका गर्न आफू हतारिएको बताएका छन् । मंसिरबाट फिल्मको छायांकन सुरु हुनेछ ।

For More videos Log on to Mazzako TV