चर्चित सिरियल ‘सक्किगोनी’ का सागर लम्साल ‘बले’ र प्रियना अर्चाय ‘मुन्नी’ अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक टेकेन दहालको स्वर रहेको ‘कालो कोठी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । प्रेम पाण्डेको शब्द संगीत रहेको गीतमा संगीत संयोजन शैलेन्द्र प्रधानको छ ।

भिडियोमा बले र मुन्नीको केमेष्ट्रि मज्जाको देखिएको छ । ‘कालो कोठी’ बोलको गीतको म्युजिक भिडियोलाई राजिब समरले कोरियोग्राफि गरेका हुन् । अर्जुन तिवारीले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । भिडियोको निर्देशन शान थापाले गरेका हुन् ।
हेर्नुहोस् भिडियो :

For More videos Log on to Mazzako TV