यहि असोज १७ गते रिलिज हुने फिल्म ‘काले दाई’ को ‘यो दुनियाँ मेरो लागि’ बोलको गीत सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रम गर्दै गीत सार्वजनिक गरिएको हो । ‘यो दुनियाँ मेरो लागि’ बोलको गीतमा नेपाल आइडलबाट उदाएका गायक सुरज थापाले स्वर दिएका छन् । इन्द्र राम्जिली, गोविन्दा श्रेष्ठको शब्द रहेको गीतमा पवनवांग लामाको संगीत रहेको छ ।

फिल्ममा अन्तरजातिय प्रेम कथालाई प्रस्तुत गरिएको छ । फिल्ममा इन्द्र राम्जिली, अनु पराजुली, शिसिर भण्डारी, सुरेन्द्र केसी, गीता अधिकारी, सारिका घिमिरे, रामचन्द्र अधिकारी, शिव हरी बैरागी, सारदा गिरी, उत्तम केसी, रमा थपलिया लगायत कलाकारको अभिनय रहेको छ ।

शिव शर्माले निर्देशन गरेको फिल्ममा शम्शेर गुरुङ र इन्द्र राम्जिलीको लगानी रहेको छ । पवन गौतमले छायांकन गरेको फिल्मलाई तारा थापाले सम्पादन गरेका छन् ।

For More videos Log on to Mazzako TV