यो सम्बन्धमा छैन दुरी, सधै सँगै आश्मा र संयम पुरी
फुच्चे हिरो संयम पुरीले आफ्नो पहिलो चलचित्र ‘शायद’बाटै निकै ठुलो सफल्ता हात पार्न सफल भए । दुई बर्ष फिल्मको कामबाट फुर्सदिलो बनेपनि प्रेम प्रसंगमा भने उनी ब्यस्त नै भए । उनी यतिबेला भिजे आश्मा डिसीसँग रिलेसनमा छन् । उनीहरु नजिक भएको दुई बर्ष भईसक्यो । आफ्नो सम्बन्धलाई यो जोडी लुकाउन चाहदैन । फिल्म नगरीमा यो सम्बन्धको बारेमा थाहा नभएका कमै होलान् ।
यही रियल जोडीलाई अब भने रिलमा पनि देख्न पाईने भएको छ । एडिटर सुरेन्द्र पौडेलको डेब्यु चलचित्र ‘आभास’मा यो जोडीलाई देख्न पाईने भएको हो । ‘आभास’मा संयम एक हप्ताअघि अनुबन्धित भएका हुन् । उनको अपोजिटमा उनकी गर्लफ्रेन्ड आश्मालाई हिरोईनको रुपमा देख्न पाईनेछ ।
जेठको पहिलो हप्तादेखि सुटिङ्ग थालिने चलचित्र ‘आभास’को यतिबेला बर्कसप चलिरहेको छ । चलचित्रमा प्रियंका कार्की र सलोन बस्नेतको पनि मुख्य भुमिका रहने बताईएको छ । चलचित्रलाई सुनिल रावल, गोविन्द शाही र दिपक शाहीले मिलेर निर्माण गर्न लागेका हुन् । चलचित्र ‘आभास’मा आफ्नी रियल जोडीलाई नै रिल जोडी बनाएका संयमको ‘पुन्टे परेड’ र ‘लभ सव’ रिलिजको क्रममा छन् ।
For More videos Log on to Mazzako TV