गृष्मा ब्रोडकास्टिङले नेपाल आइडलको सिजन तेस्रोको टप ३ लाई वर्ल्ड टुर गराउने अधिकार लिएको छ । आइतबार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै गृष्मा ब्रोडकास्टिङको तर्फबाट गृहेन्द्र घिमिरे र एपिवान एचडीको तर्फबाट जिएम लक्ष्मी प्रसाद पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

यो हस्ताक्षर भएसँगै टप ३ को ग्राण्ड फिनाले समेत गृष्मा ब्रोडकास्टिङले गर्नेछ । गृष्मा ब्रोडकास्टिङले नेपालमा विभिन्न इभेन्ट गर्दै विदेशमा समेत इभेन्ट गर्दै आएको छ । तेस्रो सिजनमा आइपुग्दा नेपाल आइडलको फिनालेसंगै टप ३ लाई गृष्मा ब्रोडकास्टिङलाई जिम्मा लगाउन पाउदा आफुहरु खुसि रहेको पौडेलले बताए ।

पछिल्लो समय जापानमा ’साकुरा नाइट’ गर्दै आएको यस कम्पनिले नेपालमा ‘सप्तरंग’ को सफलतापछि यसको दोस्रो सिजनलाई समेत आउँदो नोभेम्बरमा गर्ने भएको छ । पहिलो सिजन सातै प्रदेशमा शान्ति र सद्भावका लागि सात प्रदेशमा कार्यक्रम आयोजना गरेको गृष्माले दोस्रो सिजन पर्यटन प्रवर्धन र समुन्नतिको अभियानका रुपमा संचालन गर्नेछ ।


यसैगरी गृष्मा ब्रोडकास्टिङले नेपाल आइडल सिजन २ का विजयी टोलीलाई मुनलाइट्स रेकर्डस् संगको सहकार्यमा अमेरिकामा टुर समेत गर्दैछ । नेपाल आइडलले आफु जस्तै धेरैको सपनालाई सकार बनाएको दोस्रो सिजनकी अस्मिता अधिकारीले बताइन ।

गृष्मा ब्रोडकास्टिङले नेपाल आइडल सिजन ३ को वर्ल्ड टुर आउँदो सन् २०२० को फेबे्रअरीबाट सुरु गर्नेछ । यसैगरी ग्राण्डफिनाले पनि यसै कम्पनिले गर्नेछ ।

For More videos Log on to Mazzako TV