अभिनेता दीपकराज गिरीले नक्कली आइडी बनाएर बिष ओकलिन थालेको बताएका छन् । अभिनेता गिरीले सामाजिक संजाल फेसबुकमा लेखेको स्टाटस अहिले उनको टिमले पनि शेयर गरिरहेको छ ।

दिपकराले फेसबुकमा आफूहरु विरुद्ध समुह नै बनाएर नक्कली आइडीबाट गाली गर्ने जमात रहेको बताएका छन् । उनले, यस्ता खालका प्रवृत्तीबाट बच्न आफ्ना फ्यानलाई आग्रह गरेका छन् । फिल्म छ माया छपक्कैको ट्रेलरमा अहिले नकारात्मक प्रतिक्रिया आइरहेको छ ।

दिपकले लेख्न खोजेको कुरा पनि यही ट्रेलरलाई लिएर हो । दिपकले लेखेको स्टाटसमा आफूहरुले राम्रो सिनेमा बनाएर दर्शकको माया पाउनु के अपराध हो भनेर पनि प्रश्न गरिएको छ ।

For More videos Log on to Mazzako TV