बिगत एक बर्षदेखि कान्तिपुर टेलिभिजबाट प्रसारण हुदै आएको हाँस्यब्यंग्य श्रंखला ‘डिट्ठा साब’ले प्रसारणको ५२ भाग पुरा गरेको छ । आफ्नो जन्मदिनको अवसर पारेर यस हास्यब्यंग्य श्रंखलाका निर्देशक तथा अभिनेता किशोर भण्डारीले राजधानीमा एक जमघटको आयोजना गरि खुशी सटासाट गरे ।

Dittha saab with logo

‘हाँस्य टेलिश्रंखलाहरुको भीडमा आफ्नो छुट्टै पहिचान बनाउन र दर्शकको मन जित्न निकै गाहृो छ’, निर्देशक भण्डारीले भने ‘सफल्ताको साथ ५२ भाग पुरा गर्न पाएकोमा निकै खुशी छु, मैले आफ्नो लक्ष्य भेटेको छु ।’ डिट्ठा साब सफल बनाउन आफुले दिनरात मेहनत गरेको कुरा पनि उनले उपस्थित सबैलाई सुनाए ।

कार्य्रकममा प्रमुख अतिथि बनेर पुगेका हाँस्यकलाकार दिपकराज गिरीले  ‘डिट्ठा साब’लाई अझै सफल्ता मिल्दै जाओस् भनि शुभकामना दिएका छन् । कार्यक्रममा ‘डिट्ठा साब’का कलाकार र प्राविधिकहरुको उपस्थिति रहेको थियो ।

५२ भाग सफल्ताको साथमा पुरा गरेको यस हाँस्यश्रंखलाका आगामी अंकहरुमा अझ नौला खुराकहरु थपिदै लैजाने पनि जानकारी गराईएको छ ।

For More videos Log on to Mazzako TV