असोजको १० गतेबाट फिल्म रातो टिका निधारमा रिलिज हुँदैछ । यो फिल्मलाई अशोक शर्माले निर्माण तथा निर्देशन गरेका हुन् । फिल्ममा अशोकका छोरा अंकित शर्मा र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका छ । फिल्म रातो टिका निधारमाका पहिलो रोमान्टिक गीत सार्वजनिक हुँदा अभिनेता अंकित शर्माको आलोचना भएको थियो ।

गीतमा साम्राज्ञी र अंकितको रोमान्सका कैयौ दृश्य छन् । जहाँ उनी लजाएको देखिएको छ । तर, अंकितले भने आफूले सुरुमा रातो टिकाको शिर्ष गीत छायांकन गरेको र यसमा राम्रो प्रतिक्रिया आएको तर, अन्तिममा लभ गीत छायांकन गरेको तर यसको प्रतिक्रिया मिश्रित आएको बताए ।

रोमान्स गर्न लजाउनु भएको हो भनेर सोध्दा अंकितले नलजाएको बताए । तर, साम्राज्ञीले भने अंकितले अहिलेसम्म रियल लाइफमा नै रोमान्स नगरेकाले रोमान्स गर्न नजानेको होला भनेर जवाफ दिएकी छिन् ।

For More videos Log on to Mazzako TV