अभिनेता अनमोल केसी र भूवन केसीको मुख्य भूमिका रहने फिल्म एन्टी हिरो विदेशमा पनि विकेको छ । यो फिल्मको त अहिलेसम्म छायांकन नै सुरु भएको छैन । अनमोल र भूवन बाहेक अरु कोही पनि फिल्ममा फाइनल भएका छैनन् ।

तर, जापानमा रहेको सूर्य कर्पोरेशनले यो फिल्म किनेको छ । अब, विदेशमा सूर्य कर्पोरेशनले नै यो फिल्मको वितरण गर्नेछ । महंगो रकममा यो फिल्म विक्री गरिएको वुझिएको छ ।

निर्माता भूवन केसी, सूर्य कर्पोरेशनका बासुदेव लामिछाने र संचारकर्मी समिर बलामीले संझौतामा हस्ताक्षर गरेका छन् । तिहारपछि मात्र यो फिल्मको छायांकन प्रारम्भ हुनेछ ।

For More videos Log on to Mazzako TV