यो बर्षको तिहारमा २ ठूला नेपाली फिल्म र एक ठूलो हिन्दी फिल्मको भिडन्त हुने भएको छ । कात्तिक ८ गतेलाई फिल्म ‘पोई पर्यो काले’ ले पहिले नै प्रदर्शन मिति तय गरेको थियो । तर, अब यो मितिमा नेपाली फिल्म ‘घामड शेरे’ पनि रिलिज हुने भएको छ ।

यसरी हेर्दा, दुई आशा गरिएका नेपाली फिल्मको भिडन्त बक्स अफिसमा हुने पक्का भएको छ । फिल्मको भिडन्त हुँदा शोज कम पाउने समस्या छ । यसमाथि, यो मितिमा ठूलो बजेटको हिन्दी फिल्म हाउसफूल ४ पनि रिलिज हुँदैछ । अक्षय कुमारको मुख्य भूमिका रहेको यो हिट सिरिजले नेपाली फिल्मको व्यापारमा प्रभाव पार्ने पक्का छ ।

घामड शेरेको निर्माण टिमले अन्तिम समयमा आएर फिल्मको रिलिज डेट तोक्दा नेपाली फिल्मको बक्स अफिसमा फेरबदल हुने भएको छ ।

For More videos Log on to Mazzako TV