फिल्म आमाको छायांकन सकिएको छ । ७२ दिन लगाएर यो फिल्मको छायांकन सकिएको हो । फिल्मका धेरै दृश्यमा पानी चाहिने भएकाले पनि लामो दिन लागेको हो । असारबाट फिल्मको छायांकन सुरु भएको थियो ।

तर, असार र साउनमा कम पानी पर्दा फिल्म खिच्न समस्या भएको थियो । दीपेन्द्र के खनालको निर्देशनमा तयार भएको फिल्ममा मिथिला शर्मा र सुरक्षा पन्त मुख्य भूमिकामा छन् । फिल्म आमालाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् ।

फिल्मको छायांकनमा समय लाग्दा बजेट समेत बढेको छ । फिल्म आमालाई फागूणको ९ गतेबाट रिलिज गर्ने तयारी गरिएको छ ।

For More videos Log on to Mazzako TV