अभिनेता भूवन केसी आज आफ्नो जन्मदिन मनाइरहेका छन् । नायक भूवन केसी नेपाली फिल्म क्षेत्रमा लामो समयदेखि सक्रिय छन् । सधै नै ह्यान्डसम देखिने भूवन अहिले फिल्मको पर्दामा कम, मेकिङमा बढी फोकस छन् ।

भूवनका छोरा अनमोल केसी अहिलेको समयका यूवा स्टार हुन् । अभिनेता केसीलाई जन्मदिनको शुभकामना दिदै अनमोलले बच्चाको फोटो सामाजिक संजालमा राखेका छन् । उनले, भूवनलाई बेष्ट बाबा भनेका छन् । नायक भूवन केसीले भने जन्मदिनमा कुनै त्यस्तो योजना आफ्नो नभएको पनि बताएका छन् ।

भूवन अहिले नेपाली फिल्म एन्टी हिरो बनाउने तयारीमा लागेका छन् । यो फिल्ममा उनी र अभिनेता अनमोल केसीकै भूमिका रहनेछ ।

For More videos Log on to Mazzako TV