रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ को माया पिरती बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा दयाहाङ राई र उपासना सिंह ठकुरी प्रस्तुत छन् । कालीप्रसाद बास्कोटाको शब्द, संगीत र स्वर रहेको गीतमा संगीत संयोजन सनी सुनमको रहेको छ ।

असोज ३ गते बाट प्रदर्शनमा आउने फिल्मको यसअघि सार्वजनिक ट्रेलर र ‘दुबो फुल्यो’ बोलको गीतले फिल्मलाई प्रतिक्षित बनाएको छ । फिल्ममा दयाहाङ र उपसनासँगै विल्सन विक्रम राई, कर्म शाक्य, उपासना सिंह ठकुरी, बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बराल, रिश्मा गुरुङ, लुनिभा तुलाधर, कमलमणी नेपाल, अरुणा कार्की लगायत कलाकारको अभिनय छ ।

यो फिल्ममा मनी राम पोखरेल, अर्जुन कार्की, ओम चन्द रौनियारको लगानी रहेको छ । जातिय विवाह र अन्र्तजातिय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथा निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले तयार पारेका हुन् । शैलेन्द्र डि कार्कीले छायांकन गरेको फिल्मलाई निमेश श्रेष्ठ र सुरेन्द्र पौडेलले सम्पादन गरेका छन् ।

For More videos Log on to Mazzako TV