निर्देशक तथा कलाकार निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का अभिनित फिल्म ‘घामड शेरे’ कार्तिक ८ मा रिलिज हुने भएको छ । सोमबार फिल्मको पोस्टर सार्वजनिक गर्दै फिल्मले आफ्नो प्रदर्शन मिति सार्वजनिक गरेको हो ।

‘घामड शेरे’ मा पहिलो पटक निश्चल र स्वस्तिमाको रियल जोडीलाई एकसाथ फिल्ममा देख्न पाइने भएके छ । यस अघि उनीहरुले ‘दुई रुपैयाँ’को एक गीतमा संगै नाँचेता पनि जोडीको रुपमा काम भने गरेका थिएनन् । आदर्श जोडीको रुपमा रहेको यस जोडीको फिल्म हेर्न आमदर्शक उत्साहित हुनेमा निर्माण पक्षले अपेक्षा गरेको छ ।

सार्वजनिक पोष्टरमा निश्चल बस्नेतलाई घामड शेरेको रुपमा प्रस्तुत गरिएको छ। निश्चल बस्नेत मात्रै प्रस्तुत भएको पोस्टरमा निश्चलको अपरिपक्वता र घामडपनलाई झल्काइएको छ ।

विसि मोसन पिक्चर्सको प्रस्तुतीमा बनेको फिल्म घामड शेरेलाई हेमराज विसीले निर्देशन गरेको हो । फिल्ममा निश्चल र स्वस्तिमाको साथमा गौरी मल्ल, शुष्मा निरौला, बादल भट्ट, लोकेन्द्र लेखक लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

For More videos Log on to Mazzako TV