असोज ३ गतेबाट कबड्डी कबड्डी कबड्डी रिलिज हुँदैछ । यो फिल्मले नेपाली बक्स अफिसमा राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ । रामबाबु गुरुङ निर्देशित यो फिल्म एउटा ब्रान्ड भैसकेकाले पनि दर्शकका लागि प्रतिक्षामा छ ।

फिल्म रिलिजको दिन नजिकिदै गर्दा यसको प्रचार पनि तातेको छ । यसैविच, फिल्मको टिमले चितवनमा निर्माण भैरहेको अन्तरराष्ट्रिय गौतम बुद्ध क्रिकेट रंगशालाका लागि ३ लाख सहयोग गरेको छ । धुर्मुस सुन्तली फाउन्डेशनले यो रंगशालाको निर्माण गरिरहेको छ ।

सिताराम कट्टेल आफैले फेसुबकमा लाइभ गर्दै फिल्मको टिमबाट ३ लाख प्राप्त भएको बताएका छन् । दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा, विल्सन विक्रम राई लगायतको मुख्य भूमिका रहेको फिल्मको ट्रेलर र गीत चर्चामा छ ।

For More videos Log on to Mazzako TV