अभिनेत्री नीता ढुंगानाले अहिले आफूले अरु केही कुरामा ध्यान नदिएको बताएकी छिन् । उनी अहिले फिल्म निर्माणको तयारीमा छिन् । नीताले बनाउन लागेको फिल्मको नाम माया राखिएको छ । मायाको छायांकन तिहारपछि सुरु हुनेछ ।

नेपाली फिल्मका अभिनेत्रीहरु निर्मात्री बनिरहेको समयमा नीता पनि यसतर्फ लागेकी हुन् । कोशिश क्षेत्री फिल्मको लीड अभिनेता हुन् । नीताले अहिले आफू करिअरमा नै केन्द्रित भएको बताएकी छिन् । यसैले, प्रेम र बिहेको बिषयमा आफ्नो ध्यान नगएको नीता बताउँछिन् ।

नीताले बनाउन लागेको मायालाई समुन्द्र भट्टले निर्देशन गर्दैछिन् । फिल्म लभ स्टोरी कथामा बन्दैछ । जन्मदिन मनाउने क्रममा नीताले सिंगल जीवन रमाइलो हुने बताइन् ।

For More videos Log on to Mazzako TV