निर्माता माधव वाग्ले अब नयाँ फिल्मको तयारीमा लागेका छन् । उनले नयाँ फिल्म पारस बनाउने भएका छन् । यो फिल्मबाट नै उनी फिल्म निर्देशनमा डेब्यू गर्दैछन् । पारस फिल्म पूर्वराजा पारसको जीवनीमा आधारित होइन ।

तर, उनको जीवन शैली र परिवेशबाट यो फिल्मको कथा प्रभावित भने छ । फिल्ममा पारसको भूमिकामा अभिनेता निश्चल बस्नेतले काम गर्दैछन् । सन्दिप क्षेत्री पनि फिल्मका मुख्य कलाकार हुन् । फिल्मको छायांकन तिहारपछि सुरु हुनेछ ।

फिल्म पारसले अनलक्की मानिसको कथा भन्न लागेको माधवले बताएका छन् । फिल्म पारसरलाई चैत्र २८ गतेबाट रिलिज गर्ने तयारी गरिएको छ ।

For More videos Log on to Mazzako TV