अभिनेत्री परमिता आर एल राणाले एक तेलुगु फिल्ममा काम गर्ने भएकी छिन् । उनले सामाजिक संजालबाट यो कुराको जानकारी दिएकी हुन् । परमिताले आफूले यो फिल्ममा काम गर्न पाउँदा खुशी भएको बताएकी छिन् ।

उनले यो फिल्ममा तेलुगु फिल्मका स्टार कलाकार गोपी चन्दसँग पनि स्क्रिन शेयर गर्न लागेको बताएकी छिन् । गोपीसँग स्क्रिन शेयर गर्न पाउँदा आफू निकै नै खुशी भएको पनि उनले लेखेकी छिन् ।

यो फिल्ममा अडिसनबाट छानिएपछि आफू बोल्न नसक्ने अवस्थामा रहेको भन्दै उनले यो अवसरलाई राम्रोसँग प्रयोग गर्ने पनि बताएकी छिन् । फिल्मको छायांकन नियमित रुपमा आउँदो बर्षको जुनबाट सुरु हुनेछ ।

For More videos Log on to Mazzako TV