अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता प्रदिप खड्कालाई लिएर निर्देशक हेमराज वीसीले बनाउने भनेको फिल्मको काम अघि बढ्ने भएको छ । यो फिल्म बन्ने भनेको एक बर्ष बढी भयो ।

तर, हेमराजले दि ब्रेकअप असफल भएपछि यो फिल्मको काम अघि बढाउन सकेका थिएनन् । बरु, उनी घामड शेरेमा व्यस्त थिए । तर, अब भने दुई कलाकारसँग हेमराजले भेटघाट गरेर काम अघि बढाउने बताएका छन् । फिल्मको कथा भने परिवर्तन गरिएको छ ।

यो फिल्मको छायांकन अभिनेता प्रदिप खड्काले प्रेमगीत ३ फिल्मको छायांकन सकेपछि सुरु हुनेछ । आउँदो जनवरीबाट फिल्मको छायांकन सुरु गर्न कलाकार पनि तयार भएका छन् ।

For More videos Log on to Mazzako TV