चर्चित फ्रेन्चाइच शो को बन्छ करोडपति नेपाली संस्करणले आफ्नो पहिलो करोडपति विजेतालाई चेक हस्तान्तरण गरेको छ। काठमाण्डौँको होटल हिमालयमा एक कार्यक्रमको आयोजना गरेर विजेता राजिव जैनलाई १ करोड रुपैयाँको चेक हस्तान्तरण गरेको हो।

चेक हस्तान्तरण गर्दै नेपालको लागि को बन्छ करोडपति कार्यक्रमको अधिकार लिएका एस आर वि एनका प्रमुख विपिनकुमार आचार्यले कार्यक्रम सफलतापुर्वक सकिएको भन्दै खुशी व्यक्त गरे। आफूले कार्यक्रम गर्दा सुरुवाती समयमा अफ्ठ्यारा र समस्या भोगे पनि कार्यक्रमले धेरैको मन जित्न सफल भएकोमा खुशी भएको बताए। नाफा भयो की घाटा भयो ? पत्रकारको जिज्ञासामा आचार्यले भने, पैसाको हिसाबले हेर्ने हो भने हामी घाटामा छौँ, त्यसमा कुनै शंका नै छैन। तर दर्शकको माया र साथको हिसाबले हेर्ने हो भने हामी नाफामा छौँ।

चेक हस्तान्तरण गरे महानायक राजेश हमालले को बन्छ करोडपतिले संसार भर रहेका नेपालीहरुलाई नेपालसंग जोड्न काम गरेको बताए। कार्यक्रम पश्चात आफू विदेश भ्रमणमा रहदाँ धेरै नेपालीले नेपालको बारेमा कार्यक्रमको मार्फत धेरै जानकारी पाएको भन्ने प्रतिक्रिया आफूले पाएको बताएका छन्। को बन्छ करोडपति कार्यक्रमको पहिलो सिजनमा भएका कमि कमजोरीहरु आगामी दिनमा सुधार गर्दै लैजाने पनि राजेशले बताए।

नेपालको पहिलो को बन्छ करोडपती बनेकोमा खुशी ब्यक्त गर्दै विजेता राजिव जैनले को बन्छ करोडपतिलाई धन्यबाद दिए।

For More videos Log on to Mazzako TV