अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई दर्शकले सारीमा नै राम्री देखेका छन् । अन्य पहिरन लगाउँदा साम्राज्ञी बारम्बार विवादमा आउने गरेकी छिन् । साम्राज्ञीले सारी लगाउँदा आफूलाई केही अप्ठ्यारो लागेपनि मनपर्ने बताउँदै पनि आएकी छिन् ।

फिल्म रातो टिका निधारमाको गीत रिलिज कार्यक्रममा उनी रातो सारीमा नै पुगेकी थिइन् । सो कार्यक्रममा उनको खुबै प्रशंसा भएको थियो । साम्राज्ञीले रातो सारीमा सजिएर कार्यक्रममा पुग्दा उनी आकर्षक देखिइन् । उनलाई सारी लगाउन केही अप्ठ्यारो भने भएको थियो ।

केही समय अगाडि यही फिल्मको अर्को एक गीत रिलिज कार्यक्रममा पनि साम्राज्ञी हरियो सारी लगाएर पुगेकी थिइन् । सायद, साम्राज्ञीलाई पनि अब सारी मन पर्न थालेको हुनुपर्छ । उनी अभिनित यो फिल्म असोेजको १० गतेबाट रिलिज हुँदैछ ।

For More videos Log on to Mazzako TV