अशोक शर्मा निर्देशित फिल्म ‘रातो टिका निधारमा’ को शिर्ष गीत सार्वजनिक भएको छ । बडा दशैँको अबसरमा असोज १० मा रिलिज हुने गीतको भिडियो शुक्रबार राजधानीमा एक कार्यक्रमका बिच सार्वजनिक गरियो । राजेश हमाल र करिश्मा मानन्धर स्टारर फिल्म ‘अल्लारे’ मा समावेश गीत ‘रातो टिका निधारमा टलक्क टल्कियो’ लाई रिमेक गरेर गीत निर्माण गरिएको हो ।

शम्भुजित बाँस्कोटाको संगीत रहेको ओर्जिनल भर्सनमा उमेश पाण्डे र रमना श्रेष्ठको स्वर रहेको गीतलाई प्रमोद खरेल र मेलिना राईले गाएका छन् । शहदेव ढुंगानाले शब्द सिर्जना गरेको गीतमा बसन्त श्रेष्ठको कोरियोग्राफी छ । गीतमा साम्राज्ञी राज्यलक्ष्मी शाह र अंकित शर्माले प्रस्तुत छन् । गीतमा रविन्द्र झा, नीता ढुंगाना, खुस्बु खड्का, बुद्दि तामाङ, बसुन्धरा भुषाल, शिवहरि पौडेल, जयनन्द लामा, लक्ष्मी गिरी, अरुणा कार्की, राजराम पौडेल, कमला रेग्मीलाई पनि देख्न सकिन्छ ।

ए.ए ग्रुप अफ कम्पनीजबाट निर्माण भएको फिल्ममा किरण शर्मा र कृति शर्माले लगानी गरेका छन् । फिल्ममा शम्भुजित बाँस्कोटा र कल्याण सिंहको संगीत, बसन्त श्रेष्ठको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायाँकन, मित्र देव गुरुङको सम्पादन, राजेश शाहको भिएफएक्स छ ।

For More videos Log on to Mazzako TV