मंसिर १३ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै राम गौतम निर्देशित फिल्म ‘प्रेम संसार’ को पहिलो रोमान्टिक गीत ‘सुनैना सुनैना’ सार्वजनिक गरिएकोछ । बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको गीतले फिल्मका अभिनेता प्रेम सोनी र अभिनेत्री आयुष्मा कार्कीको प्रेमभाव बोल्छ । गीतमा राजेश पायल राई र अन्जु पन्तको स्वर सुन्न सकिन्छ ।

अहिलेका चर्चित संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतका कोरियोग्राफर निर्देशक राम गौतम स्वयं हुन् । ‘प्रेम संसार’ पारिवारिक प्रेमकथामा आधारित भएर निर्माण भएको निर्देशक गौतम बताउँछन् । फिल्ममा प्रेम र आयुष्मासँगै कविता नेपाली, मोनिका दाहाल, विविशा पाण्डे, राम गौतम, अर्जुन पौडेल, करण पौडेल, सुनिल वि.कलगायतका कलाकारहरुको पनि अभिनय छ । सोनी फिल्म्सको प्रस्तुतिमा बनेको फिल्मको कथा प्रेम बहादुर सुनार (गहतराज) को हो । उनी फिल्मका निर्माता पनि हुन् । दिपेन्द्र बस्न्यातले फिल्म खिचेका हुन् ।

कमल सुनार र सीता सुनार पनि निर्माता रहेको फिल्मका कार्यकारी निर्माता उतम केसी र देविन गहतराज हुन् । कलाकार समेत रहेका उत्तमले फिल्ममा आफ्नो अभिनय भने नरहेको गीत सार्वजनिक कार्यक्रममा बताए । यो फिल्ममा शंखर महर्जनको एक्सन छ । अभिनेता प्रेम र अभिनेत्री आयुष्मा फिल्मलाई लिएर निकै उत्साहित रहेको बताउँछन् ।

For More videos Log on to Mazzako TV