करिव दुई वर्षअघि गायक मानस राजले एउटा गीत सार्वजनिक गरे, भाइरल भैदियो । उक्त गीतको भिडियो हालसम्म करिव तीन करोड पटक हेरिएको छ । फरक शैलीको उक्त गीत तथा पृथक शैलीको म्युजिक भिडियोका कारण उक्त गीत र म्युजिक भिडियो नै लोकप्रिय भयो । भिडियोमा बाल नृत्यांगना दीक्षा ठकुरीदेखि सबिन कार्की सम्मको आकर्षक नृत्यले दर्शकलाई लोभ्याएको थियो ।

गायक मानस राज यतिबेला पुनः त्यस्तै शैलीको गीत तथा म्युजिक भिडियो लिएर दर्शकमाझ आएका छन् । मै हुँ हिरो..शीर्षकको उक्त गीतमा गायक मानस राजकै शब्द, संगीत तथा स्वर सुन्न सकिन्छ । यो गीतको म्युजिक भिडियोलाई पनि गायक मानस राजले नै निर्देशन गरेका हुन् । गीतका शब्दले नै हरेक व्यक्तिमा आत्मविश्वास झल्काउँछ ।

यो गीत तथा म्युजिक भिडियोले हरेक व्यक्तिलाई सकारात्मक सन्देश दिन्छ, गायक मानस राजको भनाइ छ । गीत तथा भिडियोले दर्शकको मन जित्न सक्ने कुरामा गायक मानस राज ढुक्क देखिन्छन् ।संगीतकार राजश ईशानद्वारा संगीत संयोजन गरिएको यो गीतलाई प्रदीप जोशीले मिक्सिङ गरेका हुन् । भिडियोमा भने शुभम भुजेलको कोरियोग्रँफी छ । ज्ञानेन्द्र शर्माद्वारा छायांकन गरिएको उक्त भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन् ।

मैं हुँ हिरोको कभर भिडियो कन्टेष्ट
यसैबचि गायक मानस राजले मैं हु हिरो…गीतको म्युजिक भिडियो सार्वजनिक गरे लगत्तै यसको कभर भिडियो कन्टेष्ट पनि घोषणा गरेका छन् । त्यसका लागि सहभागि युवा–युवतीहरुले उत्तः गीतमा आधारित करभ भिडियो बनाएर आफ्नै यूट्युब च्यानलमा अपलोड गर्नु पर्नेछ भने उक्त भिडियोको लिंक गायकलाई इमेल गर्र्नु पर्नेछ । अक्टोबर ३०, २०१९ सम्म सञ्चालन हुने यो कन्टेष्टका विजेताले गायक मानस राजको आगामी म्युजिक भिडियोमा फिचर हुने मौका पाउने छ । यो प्रतियोगिताको नजिता डिसेम्बर ३०, २०१९ का दिन सार्वजनिक गरिने गायक मानस राजले बताएका छन् । कभर भिडियोको लिंक[email protected] मा पठाउनु पर्नेछ ।
यस्तो छ भिडियो

For More videos Log on to Mazzako TV