आज भाद्र २७ गते शुक्रवार ‘पासवर्ड’ र हिरो नं. १ दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन् । बलिउड अभिनेत्री सन्नी लियोनीले आइटम डान्स रहेको नेपाली फिल्म ‘पासवर्ड’ आज शुक्रबार देखि प्रर्दशनमा आएको हो । बिहिबार साझँ कमलपोखरी स्थित कुमारी हलमा फिल्मको भब्य प्रिमियर गरिएको थियो । फिल्मको प्रिमियरको लागि सन्नी लियोनी पनि उपस्थित रहेकी थिइन् ।

फिल्मले प्रिमियरमा मज्जाको प्रतिक्रिया पाएको छ । अब फिल्मले कस्तो ब्यापार गर्ला त्यो भने हेर्न बाकी छ । प्रिमियरमै सन्नी लियोनी पुगेपछि फिल्मको प्रमोसन भने मज्जाकै भएको छ । सम्राट बस्नेतले निर्देशित फिल्ममा अनुपविक्रम शाही, विक्रम जोशी, बुद्धि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, लिजा सुनार, परी राना, छुल्ठिम गुरुङ, एभरेस्ट सुर्य बोहरा लगायत कलाकारको अभिनय रहेको छ ।

अमित बस्नेत र हिराल जोशीको लगानी रहेको फिल्ममा अजित के.आर थापाको सह–लगानी रहेको छन् । अमरजीत सिंहले छायांकन गरेको फिल्मलाई सौरभ लामाले सम्पादन गरेका छन् । निर्देशक बस्नेत र महेश दवाडीको पटकथा रहेको फिल्मको कथा सिमा गुरुङले लेखेकी छन् ।

शुक्रवार बाटै नायक जय किशन बस्नेतको निर्देशन रहेको फिल्म ‘हिरो नं. १’ पनि प्रदर्शनमा आएको छ । जय किशन बस्नेत फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको यस फिल्ममा जय किशन बस्नेत, एलिना रायमाझी, जाहान्वी बस्नेत, संघरत्न महर्जन, शोभित बस्नेत, लय संग्रौला, टार्जन लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

फिल्ममा ताराबीर पाण्डे, हरि थापा र सुर्य रुम्बाको संगीत, शंकर महर्जनको द्वन्द, बिनोद सापकोटाको छायाँकन र सुदिप पाण्डेको सम्पादन रहेको छ ।मदन ताम्राकार कार्यकारी निर्माता रहेको फिल्ममा बिक्रम माङ्मु र बिशाल गुप्ता सह(निर्माताको रुपमा रहेका छन् । फिल्म समसामयिक कथावस्तुमा आधारित रहेको छ ।

For More videos Log on to Mazzako TV