हाँस्यकलाकार शिवशंकर रिजाल (जोगिन्दर) कलाकारितासँगै समाज सेवामा पनि सक्रिय छन् । यसै साता रिजालले आफूले अध्ययन गरेको विद्यालयका छात्रालाई स्यानेटरी प्याड तथा शैक्षिक सामग्री वितरण गरेका हुन् । सर्लाहीको बरहथवा नगरपालिकास्थित सरस्वती उमाविमा आयोजित कार्यक्रममा रिजालले कक्षा ८, ९ र १० का छात्रालाई महिनावारी हुँदा लगाउने स्यानेटरी प्याड वितरण गरेका हुन् ।

उनले सोही विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेनदार दुईजना छात्र र छात्रालाई छात्रवृत्ति उपलब्ध गराउन उनले आर्थिक सहयोग गरेका छन् । कार्यक्रममा कलाकार रिजालले आफ्ना बुबाआमाको नाममा रहेको जगत कृष्णमाया रिजाल फाउन्डेसनको तर्फबाट एक लाख ११ हजार १ सय ११ रुपैयाँको अक्षयकोष स्थापनाका लागि विद्यालयका प्रधानाध्यापक भरत महतोलाई चेक हस्तान्तरण गरेका थिए । साथै , उनले विद्यार्थीहरुलाई ४० हजार रुपैयाँबराबरका कापी कलम समेत वितरण गरे ।

त्यस्तै कक्षा ५ सम्म उनले अध्ययन गरेको पिपरभित्ता स्थित जनता आधारभूत विद्यालयलाई समेत विपन्न एवं जेहेनदार विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्न फाउन्डेसनकै नामबाट ५१ हजार रुपैयाँ प्रदान गरेका छन् । रिजालले सो विद्यालयका विद्यार्थीहरुलाई पनि कापीकलम प्रदान गरेका थिए ।

तीन लाख रुपैयाँबराबरको स्यानेटरी प्याड तथा दुईवटा विद्यालयमा एक लाख रुपैयाँबराबरका कापीकलम प्रदान गरिएको र एक लाख ६२ हजार १ सय ११ रुपैयाँको अक्षयकोष स्थापना गरेका रिजालले स्थानित विधार्थी र शिक्षकबाट धन्यवाद पाए ।

For More videos Log on to Mazzako TV