फिल्म राम राममा अनुवन्धित भएका अभिनेता सौगात मल्ल र यो फिल्मको टिमविच कुरा मिलेन । जसकारकारण, सौगात र राम राम टिम सहकार्यबाट अलग भएका छन् ।

सुवर्ण थापाको निर्देशनमा यो फिल्म बन्दैछ । सौगातले केही दिन अगाडि नै यो फिल्ममा संझौता गरेका थिए । तर, अब उनी यो फिल्ममा नहुने भएका हुन् । राम राममा भूमिका नसुहाउने भएपनि सौगातले प्रेमिका श्रृष्टी श्रेष्ठलाई लिनका लागि दबाब दिएका थिए ।

तर, फिल्मको टिमले श्रृष्टी फिल्ममा नसुहाउने बताएका थियो । श्रृष्टी फिल्ममा नहुने भएपछि सौगात पनि फिल्ममा नहुने भएका छन् । फिल्मका लागि नयाँ कलाकारको खोजी भैरहेको छ ।

For More videos Log on to Mazzako TV