अभिनेत्री स्वस्तिमा खड्काले अभिनय गरेको फिल्म हजार जुनी सम्म यो बर्षको साउनमा रिलिज भयो । तर, फिल्मले व्यापार कमजोर गर्यो । फिल्म नचलेपछि स्वस्तिमालाई अहिले असफलताको ट्याग लागेको छ ।
अभिनेत्री स्वस्तिमा खड्काले बुलबुल फिल्मबाट राष्ट्रिय चलचित्र पुरस्कार समेत पाएकी थिइन् ।

यसैले, उनले यो पुरस्कारको इज्जत राख्नुपर्ने टिप्पणी समेत हुन्छ । हजार जुनी सम्ममा उनले यसको इज्जत बचाउन नसकेको भनेर टिप्पणी भयो । तर, स्वस्तिमा आफूले त्यो दबाब लिएर काम नगर्ने बताउँछिन् । स्वस्तिमाले राष्ट्रिय अवार्ड पाएको हो भनेर त्यो सोचले काम नगर्ने बताइन् ।

हजार जुनी सम्मको कथा रोजाइमा आफू चुकेको भने उनले स्विकार पनि गरेकी छिन् । उनले अभिनय गरेको घामड शेरे र चपली हाइट ३ यसैबर्ष रिलिज हुँदैछन् ।

For More videos Log on to Mazzako TV