यो वर्ष अहिलेसम्म रिलिज भएका फिल्ममा जात्रै जात्रा सर्वाधिक कमाउने फिल्म हो । यो फिल्मको कमाइले अभिनेता विपिन कार्की र अभिनेत्री वर्षा राउतलाई फाइदा भयो । फिल्म बम्पर हिट भएपछि वर्षा र विपिन दुबै जना फिल्म रोजाइमा अझै सजग बनेका छन् ।

तर, फिल्म हिट भैसकेपछि विपिनको व्यस्तता भने बढेको छ । उनलाई फिल्ममा अफर पनि गैरहेका छन् । साथै, उनले काम पनि गरिरहेका छन् । उनले अभिनय गर्न थालेको फिल्म सेल्फी किङ्गको छायांकन सुरु भएको छ । उनी, अब यसमा व्यस्त हुनेछन् ।

उनलाई फिल्म राम रामको अफर पनि गएको छ । तर, अभिनेत्री वर्षा राउतले भने नयाँ फिल्ममा काम गर्न सकेकी छैनन् । अब, असफलता सहन सक्दिनँ भन्दै वर्षा कथा पढ्नमै व्यस्त छिन् । वर्षाले नयाँ फिल्म कहिले पक्का गर्छिन् टुंगो छैन । विपिन भने नयाँ नयाँ कथामा व्यस्त भैसकेका छन् ।

For More videos Log on to Mazzako TV