निर्देशक दिनेशराज शर्मा निर्देशित फिल्म ‘निल काँडा’ को पुर्वको बिर्तामोडमा शुभ मुहर्त गरि छायाँकन सुरु भएको छ । मौसम फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुने फिल्ममा सरोज खनाल, अर्जुन गुरुङ, रिस्ता बस्नेत, नवनायक दिपक तिवारी, नवनायिका तेजश्वनी बास्कोटा, उमा बेबी, विक्रान्त गिरि, श्याम चौधरी, याम खरेल लगायतकोे अभिनय रहेको छ ।

फिल्मको कथा तेजश्वनी बास्कोटाको संबाद र पटकथा दिनेशराज शर्मा रहेको छ । त्रिकोणात्मक प्रेमकथामा निर्माण हुने यस फिल्ममा संगीत बिकाश चौधरीको गीतकारमा हरी उप्रेती, दिनेस राज शर्मा, आरबी खड्का छायाँकनमा बिनोद सापकोटाको मेकअप बिष्णु कार्की को प्रोडक्सन हेडमा कुमार सिलवाल रहेको छन ।

फिल्म यही आउदो मङ्सिर १५ गते देखि प्रदर्शन मा आउने गरि ३० दिनको सुटिङ सेडुल रहेको फिल्मको अधिकांस छायाँकन पुर्वको रमणीय स्थलमा छायाँकन गरिने फिल्मको निर्माता मुना पौडेलले जानकारी गराएकी छिन् ।

For More videos Log on to Mazzako TV